धादिङका पत्रकार नारायण सिलवाल पुरस्कृत

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख १३, २०७५

धादिङ बैशाख १३ । नेपाल फोटो पत्रकार समूहले आयोजना गरेको राष्ट्रिय फोटो पत्रकारिता सम्मानबाट फोटो पत्रकार संघ धादिङका अध्यक्ष नारायण सिलवाल पुरस्कृत भएका छन् ।

क्रियाशिल फोटो पत्रकारिता विधा तर्फको पुरस्कार धादिङ पोस्ट डटकमका नारायण सिलवाल पुरस्कृत भएका हुन् ।
राष्ट्रिय
फोटो पत्रकारिता सम्मानबाट दि हिमालयन टाइम्सका फोटो पत्रकार स्कन्द गौतम सम्मानित हुनु भएको छ ।
आज यहाँ आयोजित कार्यक्रममा सभामुख कृष्णबहादुर महराले उहाँलाई वर्षको उत्कृष्ठ फोटो पत्रकारिता पुस्कारबाट सम्मानित गर्नुभयो । पुरस्कारको राशी रु एक लाख र प्रमाणपत्र रहेको छ ।

यस्तै राजनीतिक फोटो विधा तर्फ राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ सम्मानित भए। रु २५ हजार नगद, सम्मानपत्रबाट सभामुख महराले उनलार्य सम्मान गरेका हुन् ।

यस्तै स्वतन्त्र फोटो पत्रकारिता पुरस्कारबाट नरेशकुमार श्रेष्ठ, खेलकुद फोटोपत्रकारिताको पुरस्कार कान्तिपुरका पंकज श्रेष्ठले हात पार्दा, मनोरञ्जन विधातर्फ डिसी नेपालका आर्यन धिमाल पुरस्कृत भएका छन् ।

यस्तो मोफसल फोटो पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका मनोज पौडेल र महिला फोटो पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिका दैनिककी चन्द्रकला श्रेत्री, व्यवसायिक फोटो पत्रकारिता पुरस्कारबाट आर्थिक अभियान दैनिकका सागर श्रेष्ठले पुरस्कार हात परे, दैनिक जनजीवन फोटो पत्रकारिता विधामा दि हिमालयन टाइम्सकै गौतम पुसरुकृत भए।

यस्तै अनलाइन फोटो पत्रकारिता विधा तर्फ प्रविन कोइराला र पर्यटन तथा संस्कृति फोटो पत्रकारिता तर्फ राजधानी दैनिकका सुशीलकुमार श्रेष्ठ र सबै विधाका पुरस्कृत फोटो पत्रकारको पुरस्कारको राशी रु २५ हजार नगद, प्रमाणपत्र रहेको छ ।

यस्तै लाइफ टाइम्स अचिभमेन्ट अवार्डबाट वरिस्ट फोटो पत्रकार गोपाल चित्रकार पुरस्कृत भए ।