लागूऔषध दुर्व्यसनी बेच्ने २ जना पक्राउ

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख १३, २०७५

काठमाडौं,वैशाख १३ । काठमाडौंका केही मेडिकलले लागू औषध दूर्व्यसनीलाई लुकाइ छिपाइ उच्च मूल्य लिइ नशा दिने प्रकृतिका औषधी बेच्ने गरेको सूचनाको आधारमा दुई जना लाई पक्राउ गरेको छ ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी प्रभाग कपनको टोलीले पक्राउ गरेको हो । काठमाडौंका केही मेडिकलले लागू औषध दूर्व्यसनीलाई लुकाइ छिपाइ उच्च मूल्य लिइ नशा दिने प्रकृतिका औषधी बेच्ने गरेको सूचनाको आधारमा खोजी गर्दा उनीहरु पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

नशा दिने औषधी नाइट्रोभेट २० पत्ता र ६० पत्ता ट्रमा लिएर हिँडिरहेका काठमाडौं महानगरपालिका ६ सरस्वतीनगरका २१ वर्षका इभेन्ट प्रसाइ र २६ वर्षका प्रविन थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले वैशाख ११ गते लागू औषध एम्फेटामाइनको १४ थानसहित जोर्डनका नागरिक याजेद नायल द्वारिस एल सराहलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १६ मा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।