काठमाडौ । गृहमन्त्रालयले आज एक सुची प्रकाशित गरी ३७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।
मन्त्रालयले परिवर्तन गरेर प्रमुख जिल्ला अधिकारीहरुमा २३ जना सहसचिव स्तरका र १४ जना उपसचिव स्तरका व्यक्तिहरु प्रमुख जिल्ला अधिकारी रहने जिल्लाहरु रहेका छन् ।
कार्यक्षमतामा कमजोर मानिने र लामो समयदेखि गृह मन्त्रालयमा हाजिर गराईएका सह–सचिव लोकनाथ पौडेललाई पर्साको प्रमुखको रुपमा सरुवा गरिएको छ ।
मन्त्रालयले सह–सचिव प्रजिअ हुने केही जिल्लामा उप–सचिवलाई कामुको जिम्मेवारी सहित सरुवा गरको छ ।
गृह मन्त्रालका उप–सचिव श्रवणकुमार तिमिल्सिनालाई ईलामको कामु प्रजिअको रुपमा सरुवा गरिएको छ । त्यस्तै उप–सचिव कोषहरी निरौलालाई स्याङ्जा, भविश्वर पाण्डेलाई गुल्मी, शेषनारायण पौडेललाई
बाग्लुङको कामु प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी नाराणप्रसाद भट्ट भक्तपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन् । भक्तपुरका प्रजिअ द्रोण पोखरेललाई सर्लाहीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ ।