बयान चल्दै गर्दा भागेका डिएसपी राउत सम्पर्कमा

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख १३, २०७५

काठमाडौँ वैशाख,१३ – स्रोतका अनुसार बुधबार राति नै डिएसपी राउत समितिको सम्पर्कमा आएका थिए । अहिले उनी बयानका निम्ति भन्दै गृह मन्त्रालय पुगेको छ ।

बयान चल्दै गर्दा सिंहदरबारस्थित गृह मन्त्रालयबाट समितिलाई थाहै नदिई हिँडेका डिएसपी सञ्जय राउत समितिको सम्पर्कमा आएका छन् ।

राउतसँग ३३ केजी सुन तस्करीको विषयमा अनुसन्धान गर्न बनेको विशेष समितिले अनुसन्धानका निम्ती उनी कार्यरत इटहरीबाट काठमाडौं झिकाइएको थियो । ११ गते उनी बयान चल्दै गर्दा समिति सदस्यलाई झुक्याएर भागेका थिए । बुधबार मात्रै समितिको निर्देशनमा राउतलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रदेश कार्यलय र ७७ वटै जिल्लामा सर्कुलर गरिएको थियो ।