गुल्मी वैशाख,१२ । धुर्कोट गाउँपालिका–३, हाडहाडे सोमरभोमरमा मंगलबार राति घर र गोठमा आगलागी हुँदा एक वृद्धको ज्यान गएको छ ।
मंगलवार राति ११ बजे घरको अगेनाको चुल्होवाट सल्किएको आगोले पुनको घर, गोठ र अन्नपात पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा एउटा भैंसी समेत मरेको छ ।
आगलागीमा परी ६० वर्षीय कृष्णबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए ।