काठमााडौं वैशाख,११ – कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई सुन्दर, सफा र समृद्ध बनाउन एकपछि अर्को अभियान सञ्चालन गर्दै अघि बढने योजना पनि अघि सारेको छ ।
उनले सरकारको देशहित बाहेक अन्य कुनै उद्देश्य नरहेको समेत स्पष्ट पार्दै सडकमा हुने सबै खालका बेथिती अन्त्य गर्ने घोषणा समेत गरे । प्रधानमन्त्री ओलीले मुलुक मदन भण्डारीले देखाएको बाटोबाट अघि बढेको दाबी गर्दै भण्डारीको विचार सबैको साझा विचार भएको समेत बताए । उनले भण्डारीको विचारअनुसार अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले मुलुकलाई पार्कजस्तै सुन्दर बनाउने प्रतिबद्धता ब्यक्त गर्दै सरकार देश बनाउन प्रतिबद्धता व्यक्त गरे । उनले मुलुकमा भ्रष्टाचार हुन नदिने पनि बताए । प्रधानमन्त्री ओलीले सरकारले केही गर्दैन भन्ने भ्रम छर्न खोजिएको भन्दै त्यसमा सचेत रहन पनि आग्रह गरे ।
उनले सरकारको देशहित बाहेक अन्य कुनै उद्देश्य नरहेको समेत स्पष्ट पार्दै सडकमा हुने सबै खालका बेथिती अन्त्य गर्ने घोषणा समेत गरे । प्रधानमन्त्री ओलीले मुलुक मदन भण्डारीले देखाएको बाटोबाट अघि बढेको दाबी गर्दै भण्डारीको विचार सबैको साझा विचार भएको समेत बताए । उनले भण्डारीको विचारअनुसार अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे ।
उनले मुलुकको आर्थिक विकास गर्ने सरकारको संकल्प प्रशंसनीय भएपनि काठमाडौंको सडक निर्माणमा भइरहेको ढिलाई सबैको टाउको दुखाईको विषयमा बन्ने गरेको पनि स्मरण गराए । कडा निगरानीका साथ सडक निर्माणको काममा तीव्रता दिन नेता नेपालको सरकारलाई सुझाव छ ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मदन भण्डारीले देखाएको बाटोबाटै मुलुकमा साम्यवाद आउने विश्वास पनि व्यक्त गरे । कार्यक्रममा बोल्दै एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौंको सडक निर्माणमा ढिलासुस्ती भइरहेको भन्दै सरकारको गम्भिर ध्यानाकर्षण समेत गराए ।