पुष्प कडेंल योजना आयोगको उपाध्यक्षमा नियुक्त

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख ११, २०७५

धादिङ बैशाख ११। धादिङ बेनिघाट रोराङ गाउँपालिका रिचोकटार हाल काठमाडौ ट्याङ्ला फाँट निवासी एमाले नेता डा. पुष्प कडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. कँडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेको लेखा आयोगका अध्यक्ष तथा स्थायी कमिटीका पदेन सदस्य समेत रहेका कँडेल २०४९ सालमा एमालेको आन्तरिक लेखा प्रणालीलाई व्यवस्थित गर्न बनेको केन्द्रीय लेखा आयोगमा सदस्य भए यता निरन्तर केन्द्रीय तहमा जिम्मेवारी संहाल्दै आएका नेता हुन् ।

मन्त्रीपरिषद बैठकले आयोगको रिक्त अन्य पाँच पदमा पनि नियुक्त गरेको छ । नियुक्त हुनेमा आयोगको सदस्यको रुपमा मीनबहादुर शाही, रामकुमार फूँयाल, कृष्णप्रसाद ओली, उषा झा, दिलबहादुर गुरुङ र सुशील भट्ट छन् ।