जनकपुरधाम वैशाख,११ । प्रदेश २ सरकारले चालु आर्थिक वर्ष २०७४÷७५ को बजेट ३ महिनाका लागी बजेट सार्वजनिक गर्न लागीएको छ ।
प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकमा बजेट कार्यक्रम पेश गर्ने जानकारी दिए ।
चालु आर्थिक वर्षको ३ महिनाका लागि बजेट सार्वजनिक गर्न लागिएको हो । ३ महिनाको बजेट १ अर्ब २ करोड बराबर रहेको बताइएको छ ।