सिसा उद्योग र रिसोट खोल्न सम्भाव्यता अध्ययन गर्दै सरकार

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख ११, २०७५

काठमाडौं वैशाख,११ । सिसा उद्योग स्थापना गर्नका लगानी बोर्डले देशमा नै संभाव्यता अध्ययन गर्न लागेको छ ।

उद्योग स्थापनाका लागि बिस्तृत संभाव्यता अध्ययन गर्न अहिले परामर्शदाता कम्पनी छनौट गर्न लागिएको छ ।

यस अघिका प्रारम्भीक अध्ययनहरुबाट बाग्मतीको बालुवामा नै सिसाका कणहरु रहेको देखिएको वाग्ले बताउँछन् । उनले भने ‘ देशमै सिसा उद्योग खोल्ने उद्देश्य सहित हामीले संभाव्यता अध्ययनको काम अघि बढाउन लागेका छौं , बोर्डले अनुमति दिने बित्तिकै यसका लागि कम्पनी छनौट गरिनेछ । ’

आगामी बोर्ड बैठकमा लगानी बोर्डले परामर्शदाता कम्पनी छनौट गर्नका लागि कार्यादेश र एक्सप्रेसन अफ इन्ट्रेस्ट पेश गर्न लागेको छ । बोर्डका प्रवक्ता उत्तम भक्त वाग्लेका अनुसार यो पास भएसँगै बोर्डलाई परामर्शदाता कम्पनी छनौट गर्ने बाटो खुल्ने छ ।

प्रधानमन्त्री केपी ओलीको व्यस्तताका कारण अहिले बोर्डको बैठक बस्न सकेको छैन । जसका कारण यसको प्रक्रिया अघि बढ्न सकेको छैन । आगामी बोर्ड बैठकमा यो सँगै अन्य आयोजनाको समेत संभाव्यता अध्ययनको अनुमति माग्न लागिएको छ । तर , यस्तो रिसोर्ट कुन स्थानमा बनाउने भनेर चाही अहिले कुनै निश्चीत भएको छैन । देशका विभिन्न हिमाली भेगमा अध्ययन गरेर यसको के कति संभाव्यता छ भनेर अध्ययन गरिने छ ।

बाग्मती बाहेक अन्य नदिमा समेत उक्त कम्पनीले संभाव्यता अध्ययन गर्नेछ । देशका विभिन्न नदि र भुभागमा अध्ययन गरि सिसा उद्योग के कति संभव छ भनेर उक्त कम्पनीले अध्ययन गर्नेछ ।

साथै डोल्पा जिल्लामा पर्ने से फोक्सुन्डो तालमा पनि रिसोर्ट निर्माण गर्ने बोर्डको योजना छ । जसका लागि पनि संभाव्यता अध्ययन गर्ने परामर्शदाता कम्पनी छनौट गर्न लागिएको छ ।

वाग्लेले बताएअनुसार नागढुंगा– धुलिखेल रेलमार्गको लम्बाइ ७९ किलोमिटर हुनेछ । त्यसको निर्माण लागत तीन खर्ब १६ अर्ब रुपैयाँ अनुमानित छ ।