बस र ट्रक ठोक्किए, १ को मृत्यु

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख ११, २०७५

चितवन वैशाख,११ । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–५, स्यालीबजारमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

इटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १५२१ नम्वरको बस र काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ७५२८ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

दुघटनामा २३ जना घाईते एकको मृत्यु भएको छ । बस र ट्रकका चालक दुवै घाइते छन् । घाइतेहरुको भरतपुर मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापरी बसका सहचालक मकवानपुर धियालका ४४ वर्षीय चन्द्रबहादुर धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।