नीलकण्ठले बैशाख १२ गते समता बारे अन्तिम निर्णय गर्ने

Avatar photo
Dhadingpost
सोमवार, बैशाख १०, २०७५

धादिङ बैशाख ९ । धादिङबेसीमा यो शैक्षिक सत्र देखि संचालनमा आएको समता स्कुल दर्ताको कारण विवादमा तानिएको छ । प्याब्सन र एन प्याब्सन धादिङले उजुरी गरे सँगै नगरपालिकाले समता स्कुल बारे बैशाख १२ गते अन्तिम निर्णय गर्ने भएको हो ।

नीजि क्षेत्रको विद्यालयहरुको संस्था प्याब्सन र एन प्याब्सन धादिङले अनुमति वेगर संचालनमा आएको भन्दै नगरपालिकामा उजुरी दिए सँगै समता स्कुल विवादमा तानिएको हो ।

प्याब्सन र एन प्याब्सन अध्यक्ष गोविन्द बुढाथोकी सहितको सदरमुकाम स्थित निजी विद्यालयका प्रिन्सिपलहरुले सोमबार समता स्कुलमा पुगि कानुनी रुपमा दर्ता नभएको पाइएकोले सोबारबाट तालाबन्दी गरि दिने बताएका थिए ।

धादिङको लोकप्रिय अनलाइन धादिङपोष्टले उक्त समचार सम्प्रेषण गरे सँगै सामाजिक संजालमा आएको प्रतिक्रिया बमोजिम सोमबार प्याब्सन र एन प्याब्सन ताला लाउन समता स्कुल गएन तर नीलकण्ठ नगरपालिका पुग्यो ।

नीलकण्ठ नगरपालिकाले उक्तले कानुनी प्रक्रिया पुरा नगरी संचालनमा आएकोले गतिविधि नगर्न पत्र पठाई सकिएकोले अब बैशाख १२ गते सम्म धैर्य गर्न आग्रह गरेको प्याब्सन अध्यक्ष गोविन्द बुढाथोकिले बताउनु भयो । अब बैशाख १२ गते नीलकण्ठ शिक्षा समितिको वैठकले समताले नीलकण्ठ नगरपालिकाले पठाएको पत्र किन कार्यान्वयनमा ल्याएन छलफल हुने र उक्त वैठकले समताको बारेमा अन्तिम निर्णय गर्ने आश्वसन पाएका छौं अध्यक्ष बुढाथोकिले बताए ।

नीलकण्ठ नगरपालिकाले चैत्र २६ गते स्वीकृत अनुमती नलिई संचालन, विद्यार्थी भर्ना नगर्न नगराउन भन्दै समता स्कुललाई पत्र काटेको थियो । तर समता स्कुल संचालकले दर्ता पक्रिया अगाडी बढी सकेको भन्दै भर्ना अभियान संचालन गरेको थियो । सस्तो शुल्कमा गुरस्तरीय शिक्षाको विज्ञापन सँगै नर्सरी देखि यूकेजी सम्म ५० भन्दा बढी विद्यार्थीहरु भर्ना भए ।

नीलकण्ठ नगरपालिका वर्डा नं. ३ का अध्यक्ष होमनाथ रिजालले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर उक्त स्कुल संचालन गर्न अनुमति दिएको आरोप लागेको छ । वर्डाले नगरपालिकामा अनुमतकिा लागि सिफारिस गर्नुपर्नेमा संचालन गर्न अनुमति दिएका थिए ।

समता स्कुलका दिपक संञ्जेलले हामीले वर्डाबाट स्वीकृत लिएर संचालनमा ल्याएका हौं प्याब्सन र एनप्याब्सन सँग हाम्रो कुनै सरोकार छैन ।

नगरपालि सँग केहि प्रक्रिया पुरा गर्न बाँकी रहेको स्वीकार गर्दै २६ गतेको पत्र आएपछि पनि शिक्षा समितिको बैठकामा कुरा राखि सकेकोले बन्द गर्न गराउनु पर्ने केहि कारण नरहेको बताए ।

यो पनि पढौं
समता स्कुल गैर कानुनी रुपमा संचालनमा आयो -प्याब्सन/एनप्याब्सन