नयाँ दिल्ली वैशाख,१० — गत जनवरीमा जम्मु कश्मिर राज्यको रसना गाउँ नजिकको कठुआकी आठ वर्षीय बालिका घोडा चराउन जाँदा बलात्कारको शिकार भएकी थिइन् ।
बाख्रा, भेडा, घोडा चराउँदै हिड्ने बकरवाल समुदायकी ती बालिकाको अपहरण गरेर बलात्कार र त्यसपछि हत्या गरिएको थियो । परिवारले प्रहरीमा उजुरी गरे पनि प्रशासनले कारबाही शुरु गर्न ढिलाई गरेको भन्दै जम्मुकश्मीर सरकारप्रति पनि तीव्र आक्रोश व्यक्त भएको थियो । कठुवा घटनासँगै सुरत र उन्नावमा बालिका र किशोरहरुमाथि बलात्कारका श्रृखंलाबद्ध घटना सार्वजनिक भए ।
यी घटनाहरु सार्वजनिक भएसँगै बालिका बलात्कारको घटनामा फाँसीको सजाय दिने हुनुपर्ने र प्रशासनको लापरवाही तथा न्यायिक प्रक्रिया चुस्त हुनुपर्ने लगायतका माग राख्दै मालिवालले आमभोक हडताल बसेकी थिइन् ।