विराटनगर वैशाख,१० । साँझको समयमा दूतावासको सम्पर्क कार्यालयमा गराइएको विष्फोटनमा संलग्न दु्ई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले मोरङ बेलबारी नगरपालिका ४ का ४२ वर्षीय युगेन भन्ने उदय राई र ताप्लेजुङ थुकी ७ का ३४ वर्षीय भीम लिम्बूलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार पक्राउ गरिएकामध्ये उदय नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी हुन् ।
प्रहरी उपरीक्षक अरुण विसीले उनीहरुलाई आइतबार साँझ विराटनगर महानगरपालिका १ बाट नियन्त्रणमा लिएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मोरङमा उनीहरुलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।
बम विस्फोटका घटनामा अन्य केही फरार भएकाले उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
साँझको समयमा दूतावासको सम्पर्क कार्यालयमा गराइएको बम विष्फोटनबाट कार्यालयको पर्खाल तथा स्थानीय देवकान्त झाको घरको झ्यालको सीसा समेत फुटेको थियो ।
३ वैशाखमा विराटनगर महानगरपालिका १३ मा रहेको भारतीय राजदूतावास सम्पर्क कार्यालयको पश्चिम तर्फ रहेको खुल्ला चौरमा बम बिष्फोट भएको थियो ।