काठमाडौं वैशाख,१० । अनलाइन पत्रकार संघका संस्थापक अध्यक्ष केपी ढुंगानाले सहभागीहरुलाई अनलाइन पत्रकारिता र आचारसंहिताबारे प्रशिक्षण दिएका थिए ।
फोटो पत्रकार संघका अध्यक्ष विकास कार्कीले फोटो पत्रकारितासम्बन्धी प्रशिक्षण दिएका थिए । चलचित्र पत्रकार संघ, नेपालले आयोजना गरेको एक दिने कार्यशाला गोष्ठीमा चलचित्र पत्रकारहरुले पेशागत मर्यादा बढाउन पत्रकार आचारसंहिता पालानामा जोड दिएका छन् ।
काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा कला क्षेत्रमा पत्रकारिता गर्दै आएका १ सय १० जना संचारकर्मी सहभागी थिए ।
कार्यक्रममा पत्रकार आचारसंहिता, अनलाइन पत्रकारिताको विकास र वर्तमान अवस्था, प्रेस कानुन र विद्युतीय कारोबार ऐन, बढ्दो युट्युबकारिता, त्यसको प्रभाव र चुनौती, फोटो खिच्ने कला र कपिराइट कानुन लगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रमका अर्का प्रशिक्षक विकास कार्कीले फोटो र दृश्य खिच्दा अपनाउनुपर्ने सावधानी नअपनाउँदा पत्रकारिताकै खिल्ली उड्ने गरेको भन्दै कुन अवस्थामा कसरी तस्बिर र दृश्य खिच्ने भन्ने बिषयमा प्रशिक्षण दिएका थिए ।
‘पेशाको मर्यादा राखे मात्र पेशामा संलग्नको पनि मर्यादा रहने हो,’ ढुंगानाले भने अनधिकृतरुपमा समाचार, तस्बिर, भिजुअल कपी गरेर प्रकाशन (प्रशारण) गर्ने र विज्ञापनलाई समाचारको रुपमा प्रस्तुत गर्ने शैलीबाट सञ्चारकर्मी जोगिनुपर्छ ।’