नेकपा ७० वर्षमा प्रवेश : क्रान्तिकारी र संशोधनवादी धारामा विभाजित

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ९, २०७५

आज नेपाली कम्युनिस्ट आन्दोलनले ६९ वर्ष पुरा गरेर ७० वर्षमा प्रवेश गरेको छ ।

आज कै दिन २००६ साल बैशाख ९ गते ९ सन १९४९ अप्रिल २२ तारिख  का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । यसको स्थापना पुष्पलालको पहलकदमी र नेतृत्वमा भारतको कोलकत्तामा गरिएको थियो ।

यसका अन्य सदस्य हरुमा रामविलास जोसी, गोविन्द निरञ्जन बैद्य र नरवहादुर कर्मचार्य थिए । यस ६९ वर्षको ऐतिहासिक अवधिमा अवश्यै पनि वर्ग संघर्ष, जनसंघर्ष, जनआन्दोदन, दुई लाईन संघर्ष तथा अन्तस् संघर्ष का अनेकौं बांगा टिंगा र घुम्तिहरु पार गर्नु पर्यो ।

अतस् यो आन्दोलन क्रान्तिकारी माकर्सवाद र दक्षिणपन्थी संशोधनवाका बिच दुई बिपरित धाराका विच को संघर्ष नै प्रमुख बनेर आएको छ ।

आज एकातिर दक्षिणपन्थी संशोधनवादी, नवसंशोधनवादी धारा, जसको प्रतिनिधित्व एमाले–माकेले गर्दै आएका छन् भने यसको ठिक विवरित क्रान्तिकारी धाराको प्रतिनिधित्व नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीले गर्दै आएको छ र देशभर छितरिएर रहेका अन्य क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र समूह तथा व्यक्तिहरुलाई क्रान्तिकारी ध्रुवीकरण र एकताका आधारमा एकीकृत गर्द, गोलबन्द गर्दै महान् नेपाली नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पुरा गर्द बैज्ञानिक समाजवाद हुदै साम्यवाद सम्म पुग्ने उद्श्येका साथ अगाडि बढी रहेको छ ।

आज नेपाली कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ र दक्षिणपन्थी संशोधनवाद,नवसंशोधनवाद हावी हुन पुगेको छ । महान् नेपाली नयाँ जनवादी क्रान्तिले गंभीर प्रकारको धक्का खान पुगेको छ ।

महान् १० वर्षे जनयुद्धले गंभीर प्रकारको धक्का खाएको छ। १० वर्षको नेतृत्व गरेर आएको पुष्पकमल दाहाल प्रचण्ड समेतको एउटा हिस्सा दक्षिणपन्थी अवसरवाद हुदै राजनीतिक तथा वर्गीय रुपमा समेत साम्राज्यवादी ,विस्तारवादी तथा प्रतिक्रियावादीहरुसंग आत्मसमर्पण गर्न पुग्यो ।

प्रचण्ड एण्ड कम्पनीले साम्राज्यवादी , विस्तारवादीहरुको निर्देशन र ग्राइण्ड डिजाइन र योजनामा महान् दस वर्षे जनयुद्धको प्रक्रियामा प्राप्त गरिएका जनसत्ता, जनअदालत, जनसरकारलाई वर्ग शत्रुलाई बुझाइयो । जनमुक्ति सेनाको बिघटन गराइयो । हतियार वर्गशत्रुलाई बुझाइयो ।

त्यतिले पनि नपुगेर प्रचण्डहरुले महान् १० वर्षे जनयुद्ध बाट प्राप्त उपलब्धिहरुलाई एमालेलाई बुझाएर माके पार्टीलाई पनि एमालेमा विलय बनाउन पुग्यो र त्यस समूहले नेपाल कम्युनिस्ट पार्टी माके एमालेमा अवसान गराएर नेपाली कम्युनिस्ट आन्दोलनलाई विसर्जन गराउन ठूलो भूमिका खेलीरहेको छ ।

एमाले र माके यतिबेला प्रतिक्रियावादी सरकारको नेतृत्व गर्न पुगेका छन् । दलाल तथा नोकरशाही पुँजीपति र सामन्त वर्गको राजनीतिक नेतृत्व गर्दै दलाल सरकारको नेतृत्व गरेर मुलुकमा सामाजिक फासीवादी शासन सत्ता सञ्चालन गरिरहेका छन् ।

यतिबेला एमाले र माकेले आफूहरुलाई कम्युनिस्ट भएको ,वामपन्थी भएको हल्लाह गरिरहेका छन् । यी सब प्रचारवाजीहरु झुठ्ठा हुन। ढाँट कुरा हुन ।

एमाले र माके वाम पनि होइनन् , कम्युनिस्ट पनि होइनन् , यी त सामाजिक रुपमा तेस्रो लिंगी, राजनीतिक रुपमा अवसरवादी तथा दक्षिणपन्थी संशोधनवादी, प्राणी जगतमा ठिमाह खच्चड का रुपमा परिणत भइसकेका र नेपाली कम्युनिस्ट आन्दोलनमा सैधान्तिक रुपमा बन्ध्याकरण भैसकेका अन्तिम प्राणीमा रुपान्तरण भइसकेका छन् । यति भएर पनि उनीहरूले आफूहरु कम्युनिस्ट भएको, वामपन्थी भएको प्रचारवाजी गरिरहेका छन् । नेपाली जनतालाई फेरि पनि झुक्याएर स्वार्थ लुट्ने षड्यन्त्रमा तल्लीन छन् ।

आज दक्षिणपन्थी संशोधनवाद तथा नवसंशोधनवाद महान् नेपाल नयाँ जनवादी क्रान्तिका लागि बाधकको रुपमा खडा हुन पुगेको छ ।
नेपाली कम्युनिस्ट आन्दोलनले ६९ वर्ष पार गरेर ७० वर्षमा प्रवेश गरेको यश ऐतिहासिक अवसरमा नेपालका क्रान्तिकारी कम्युनिस्टहरुले पार्टी स्थापनाको ७० अौ वर्षगाँठ मनाइरहेको यश ऐतिहासिक दिन मा माथि उल्लेख गरिएका नामधारी कम्युनिस्ट र कम्युनिस्ट पार्टीको साइनबोर्ड झुन्ड्याएर नेपाली जनतालाई झुक्याइरहेका एमाले–माके जस्ता तेस्रो लिंगीहरुलाई परास्त गर्दै महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने प्रतिबधाता जाहेर गरेर अगाडि बढ्नु नै आज मुख्य कर्तव्य बन्न पुगेको छ । साभारः जनखवर