आज राति हुने उल्का वर्षा नेपालबाट पनि हेर्न सकिने

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ९, २०७५

धादिङ बैशाख ९ । आज राति हुने उल्का वर्षा नेपालबाट पनि हेर्न सकिने । उल्का वर्षाको रोमाञ्चक दृश्य नेपाली आकाशमा नेपाली समय अनुसार राति १ बजेदेखि देख्न सकिने छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासा) का अनुसार राति १ बजेदेखि सूर्योदयसम्म उल्का खसेको अवलोकन गर्न पाइने छ ।

खगोलविद्हरूका अनुसार थ्याचर नामको पुछ्रेताराले छाडेका धूलोका कणहरू वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा उल्का वर्षा हुन्छ । थ्याचर पुछ्ररेतारालाई सूर्यको परिक्रमा गर्न ४१५ वर्ष लाग्छ ।

के हो उल्का वर्षा ?
पुच्छ्रेताराले सूर्यको परिक्रमा गर्नेक्रममा खसेका टुक्रा पृथ्वीको वायुमण्डलमा तीब्र गतिमा ठोक्किँदा देखिने उज्यालो नै उल्का वर्षा हो । पुच्छ्रेताराले सूर्यको परिक्रमा गर्न १३३ वर्ष लगाउँछ र यो क्रममा सूर्यको नजिक पुग्दा तापले पुछ्रेताराको पुच्छर टुक्रदै खस्ने गर्छ ।

जब पृथ्वीले सूर्यको परिक्रममा गर्दा पुच्छ्रेताराको कक्ष नजिक पुग्छ, तब ती टुक्रा पृथ्वीको वायुमण्डलमा ठोक्किने गर्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा तारा खसेको पनि भन्ने गरिन्छ ।