समता स्कुल गैर कानुनी रुपमा संचालनमा आयो -प्याब्सन /एनप्याब्सन

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ९, २०७५

धादिङ बैशाख ९ । धादिङबेसीमा यो शैक्षिक सत्र देखि संचालनमा आएको समता स्कुललाई सोमबार देखि ताला बन्दी गरिने प्याब्सन/एनप्याब्सन धादिङले जनाएको छ ।

नीजि क्षेत्रको विद्यालयहरुको संस्था प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकी र एन प्याब्सन धादिङका अध्यक्ष काशीनाथ कोईराला सहितको टोली समता स्कुलमा पुगी नीजी क्षेत्रको विद्यालयहरु कै वदनाम हुने गरि दर्ता प्रक्रिया पुरा नगरी संचालनमा आएको हुँदा सोमबार (बैशाख १०) गते तालाबन्दी गर्ने बताएका थिए ।

प्रक्रिया वेगर अनुमति नलिई संचालन गर्न लागेको समता स्कुल बन्द गर्न प्याप्सन / एनप्याब्सन धादिङले चैत्र २५ गते नीलकण्ठ नगरपालिकामा लिखित उजुरी दिएका थिए ।

नीलकण्ठ नगरपालिकाले चैत्र २६ गते स्वीकृत अनुमती नलिई संचालन, विद्यार्थी भर्ना नगर्न नगराउन भन्दै समता स्कुललाई पत्र काटेको थियो ।

तर समता स्कुल संचालकले दर्ता पक्रिया अगाडी बढी सकेको भन्दै भर्ना अभियान संचालन गरेको थियो । सस्तो शुल्कमा गुरस्तरीय शिक्षाको विज्ञापन सँगै नर्सरी देखि यूकेजी सम्म ५० भन्दा बढी विद्यार्थीहरु भर्ना भए ।

कक्षा संचालन भएको पहिलो दिन (चैत्र ९) गते नै ताला बोकेर प्याब्सन/एनप्याब्सनका अध्यक्ष, धादिङबेसीका नीजि विद्यालयका प्रिन्सिपलहरु समता स्कुल पुगेका थिए । विद्यार्थीहरु कक्षा कोठामा रहेकोले तालाबन्दी नगरेको जनाउँदै भोलि देखि तालाबन्दी हुने र गैर कानुनी रुपमा संचालनमा आए नीजि विद्यालयको वदनाम हुने हुँदा कानुनी प्रक्रियमा नआउनजले कक्षा संचालन हुन नदिने बताउँदै फर्किएका थिए ।

नीलकण्ठ नगरपालिका वर्डा नं. ३ का अध्यक्ष होमनाथ रिजालले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर उक्त स्कुल संचालन गर्न अनुमति दिएको आरोप लागेको छ । वर्डाले नगरपालिकामा अनुमतकिा लागि सिफारिस गर्नुपर्नेमा संचालन गर्न अनुमति दिएका थिए ।

समता स्कुलका दिपक संञ्जेलले धादिङपोष्ट सँग भने हामीले वर्डाबाट स्वीकृत लिएर संचालनमा ल्याएका हौं प्याब्सन र एनप्याब्सन सँग् हाम्रो कुनै सरोकार छैन ।

नगरपालि सँग केहि प्रक्रिया पुरा गर्न बाँकी रहेको स्वीकार गर्दै २६ गतेको पत्र आएपछि पनि शिक्षा समितिको बैठकामा कुरा राखि सकेकोले बन्द गर्न गराउनु पर्ने केहि कारण नरहेको बताए ।

प्याब्सन/एनप्याब्सन धादिङले नगरपालिकालाई लेखेको पत्र

नगरपालिकाले समतालाई लेखेको पत्र