बनेपा वैशाख,९ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ मा पर्यटन महोत्सबका अवसरमा प्याराग्लाइडिङको उडान हुने भएको छ ।
प्याराग्लाइडिङको लागि १५ वटा छाता प्राप्त भइसकेको र सम्बन्धित निकायबाट अनुमति समेत लिइसकेको महोत्सव मूलसमारोह समितिले जनाएको छ ।
‘पोखराको प्याराग्लाइडिङ व्यवसायीहरुले विकल्प खोजिरहेको अवस्थामा बिहावर क्षेत्र वैकल्पिक ठाउँ बन्नसक्छ, त्यसका लागि पनि यो महोत्सवले थप टेवा पुर्याउने छ’ उनले भने ‘उक्त डाँडाबाट उडेको प्याराग्लाइडिङ कुशादेवीमा ओह्रालिनेछ । यसअघि पनि सो डाँडामा प्याराग्लाइडिङ उडानको परीक्षण गरिए पनि अनुमति दिइएको थिएन । अहिले भने अनुमति सहितको उडान गर्न लागिएको हो ।’
पर्यटकीय र कृषिको सम्भावना बोकेको कुशादेवी बिहावर क्षेत्र पनौती बजारबाट करीब चार किलोमिटर दक्षिण–पश्चिम पर्दछ । स्थानीय कला र संस्कृतिको प्रवर्द्धन र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गर्न लागिएको सो महोत्सव यही बैशाख १५ देखि १७ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
पनौती नगरपालिकासँगको समन्वयमा आयोजना हुने ‘बिहावर क्षेत्र पर्यटन महोत्सवका अवसरमा सो उडान गर्न लागिएको पनौती नगरपालिकाका प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए ।