चितवन । आइतबार विहान विचतव राष्ट्रिय निकुञ्जको पूर्वीय सेक्टर कार्यालय सौराहाबाट लगभग तीन किलो मिटर पश्चिम बद्रहनी गाउँ जगंल भित्र एउटा पोथी बाघ मृत फेला परेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको पुर्वी क्षेत्रको जंगलभित्र आइतबार बिहान मृत फेला परेको बाघ ।
चितवनको पूर्वी क्षेत्रमा एक महिनायता चार बाघ मरेका छन् । दुई बाघ राष्ट्रिय वन क्षेत्रमा र दुई चितवन राष्ट्रिय निकुञ्जमा मृत फेला परेका हुन् ।
उक्त क्षेत्र वरपर एक महिना अघि गत चैत १० गते पनि एउटा पोथी बाघ मृत फेला परेको थियो ।
एक महिनाअघि पनि चोटका कारण मरेको पोथी बाघ नै फेला परेको थियो । पाठकका अनुसार त्यो बाघ पनि अर्को बाघसँग जुधेको थियो । बाघका बच्चाहरु दुई वर्षसम्म आमासँगै रहन्छन् । त्यसपछि अलग बस्ने गर्छन् । मरेका बाघहरु करिब तीन वर्षका थिए । ठाउँ र आहाराका लागि अरु बाघसँग लडाइ भएको निकुञ्जका अधिकारीहरुको अनुमान छ ।
वन अधिकृत पौडेलका अनुसार बरण्डाभार क्षेत्रको वनभित्र गएको साउनमा पनि एउटा बाघ मरेको अवस्थामा फेला परेको थियो । पछिल्लो गणनामा नेपालभर १ सय ९८ बाघ मध्ये चितवनमा मात्रै १ सय २० बाघ छन् ।
चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालय प्रमुख रहेका सहायक संरक्षण अधिकृत अविनय पाठकका अनुसार मृत फेला परेको बाघको घाँटी र पेटमा गहिरो घाउ छ । अर्को बाघसँग जुधेर मरेको हुन सक्ने सहायक संरक्षण अधिकृत पाठकले बताए ।