धादिङमा ‘२१ औं शताब्दी र लेनिन’ विषायक अन्तरक्रिया सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ९, २०७५

धादिङबेसी बैशाख ९ । धादिङबेसीमा एक अन्तरक्रियात्मक कार्यक्रम गरि नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस मनाईएको छ ।

जिल्लाका सबै गाउँपालिकामा कम्युनिष्ट पार्टी स्थापना दिवस एवम् लेलिन जयन्ती मनाउन उर्दी जारी गरेको माओवादी केन्द्र धादिङले नीलकण्ठ नगरपालिकामा भने छुट्टै कार्यक्रम गरेन ।

नीलकण्ठका माओवादी नेता तथा कार्यकर्ता वाम गठवन्धनको माक्र्सवाद अध्ययन प्रतिष्ठान धादिङले आयोजना गरेको ‘२१ औं शताब्दी र लेनिन’ विषायक अन्तरक्रियामा सहभागिताता जनाएका थिए ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य पुष्पविक्रम मल्लले बैशाख ९ गते पार्टी एकता कुरेर बसेका थियौ तर तर मिति सर्दैमा आत्तिहान्नु परिस्थित नरहेको बताएका थिए । एमाले र माओवादी एकता अन्तिम तयारीमा रहेका भन्दै केहि प्राविधिक कुराहरु मिल्न बाँकी र एकताको प्रतिक्षामा रहेका आम कार्यकर्ता एवम् जनताहरु निराश हुनु नपर्ने बताएका थिए ।

कार्यक्रममा माओवादी केन्द्र धादिङका उपाध्यक्ष जीउँदा सहिद रामहादुर भण्डारीले नेपाली कम्युनिष्ट आन्दोलनको विडम्ना भने कै टुट फुट र विभाजन भएको भन्दै नेपालमा वामपन्थीहरुको बहुमत हुँदाहुँदै पनि जहिले पनि सत्ता बाहिर बस्नु परेको औल्याउँदै वाम एकता अनिवार्य रहेको बताए ।

नेता भण्डारीले सरकार मात्र सत्ता नभएको दावी गर्दै सत्ता भन्नाले अदालत, सुरक्षा निकाय, कर्मीचारी संयन्त्र समेत हो सरकारले एउटा निर्णय गर्छ अर्को सत्ता अदालतले उल्ट्याइदिएको धेरै उदाहरण छन् ।

अब सर्वहारा वर्गिय सत्ताको लागि वामहरु एकता बद्ध हुनु पर्ने र २१ शताब्दीमै समाजवादको कार्यदिशा पुरा गर्दै साम्यवादको लक्ष्य तर्फ अगाडी बढ्नु पर्ने बताएका थिए ।

कार्यक्रममा अतिथि एमाले धादिङका संस्थापक नेता तथा जिल्ला समन्वय समिति धादिङ प्रमुख जगन्नाथ नेपालले कम्युनिष्ट बन्न सहज र सरल नभएको भन्दै पहिला जनताले पत्याउने गरि कमुनिष्ट आचरणमा रहनु पर्ने बताए । माक्र्सवाद अध्ययन प्रतिष्ठान धादिङका अध्यक्ष एवम् नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति सिताराम कोइरालाको अध्यक्षतामा आयोजित उत्त अन्तरक्रियाको संचालन राधिका सापकोटाले गरेकी थिइन् ।