सगरनाथ जगंबाट १२ लाख रुपैयाँ लुटियो

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ९, २०७५

बर्दिबास वैशाख, ९ । महोत्तरीको गौशाला नगरपालीका –१ सगरनाथ वन परियोजनाको जगंल क्षेत्रबाट दिलसा सप्लायर्सको १२ लाख रुपैयाँ लुटिएको छ ।

बर्दिबासस्थित दिलसा सप्लायर्सको सूर्य नेपाल (चुरोट) मा आएको हतियारधारी समूहले पेस्तोल देखाएर रकम लुटेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

औरही, गौशालालगायत बजारबाट पैसा संकलन गरी ज १ च ८९९ नम्बरको बोलेरोबाट बर्दिवासतर्फ आउदै गर्दा जंगल क्षेत्रमा हतियारधारी समूहले पेस्तोल देखाएर लुटपाट गरेको सप्लायर्सको भनाइ छ ।

यस अघि पनि यो क्षेत्रमा पटक पटक लुटपाट हुने गरेको थियो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

गौशाला नपा १ स्थित सशस्त्र प्रहरी बेश क्याम्पका प्रहरी निरीक्षक ईश्वर कोइरालाले दिएको जानकारी अनुसार सूर्य नेपालको बर्दिवासस्थित डिलरबाट खटिएका कर्मचारी उद्धव पराजुलीलाई मोटरसाइकलमा आएका केही अपरिचित समूहले पेस्तोल देखाएर गाडी रोकी लुटपाट गरेको हो।