पोखरा बैशाख ७ । धादिङ–पोखरा सम्पर्क समाज सिद्धलेक गाउँपालिकाले प्रकाशनमा ल्याएको भित्तेपात्रोको विमोचन गरिएको छ ।
पोखरामा शुक्रबार आयोजित कार्यक्रममा धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष युवराज खतिवडाले भित्तेपात्रो विमोचन गरेका हुन् ।
०७५ सालको भित्तेपात्रो विमोचन गर्दै खतिवडाले धादिङबासी बीच भावनात्मक सम्बन्ध बलियो हुनुपर्नेमा जोड दिए । उनले भने, ‘पोखरामा धादिङवासीहरू जहाँ रहेपनि भावनात्मक सम्बन्ध बलियो हुन जरुरी रहेको बताएका थिए ।
संस्थाका सल्लाहकारद्वय बलराम खतिवडा र वेनी पाठकले सिद्धलेकवासी संगठित भएर रचनात्मक कार्यमा सक्रिय भएकोमा खुशी लागेको बताए ।
गाउँपालिकाकाकी अध्यक्ष सरस्वती श्रेष्ठ सरुको अध्यक्षतामा भएको कार्यक्रममा धादिङ–पोखरा सम्पर्क समाजका महासचिव हरि पन्त, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष शेरबहादुर अधिकारी, संस्थाका उपाध्यक्ष रामप्रसाद दुवाडी, सचिव गंगाबहादुर पौडेल लगायतले बोलेका थिए पोखराबाट हरि पन्तले धादिङपोष्टलाई जानकारी दिए ।