सरस्वती खाँड ठकुरी
धादिङ बैशाख ७ । राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा यहि वैशाख १३ गते वितरण हुन लागेको दोस्रो फोटो पत्रकारिता अवार्ड–२०७४ का लागि धादिङबाट दुई जना पत्रकार मनोनित भएका छन् ।
विभिन्न ११ विधामा हुना लागेको फोटो पत्रकारिता अवार्ड–२०७४ मा छुट्टा छुट्टै विधाबाट टप ५ मा पर्दै फोटो पत्रकार संघ धादिङका अध्यक्ष नारायण सिलवाल र फोटो पत्रकार सरिता श्रेष्ठ अवार्डका लागि मनोनित भएका हुन् ।
सिलवालले धादिङपोष्ट र श्रेष्ठले पाविलन्यूजबाट फोटो एप्लाई गरेका थिए ।
देशभरका फोटो पत्रकारहरु भाग लिएको फोटो पत्रकारिता अवार्ड–२०७४ को पहिलो चरणको फोटो मुल्याङ्कनमा टप ५ मा परेका फोटो पत्रकारहरुलाई काठमाडौ एक विशेष कार्यक्रमको आयोजना गरि मनोनयन गरिएको थियो ।
राजनीतिक, महिला, खेलकुद, दैनिक जिवन, पर्यटन र संस्कृति, मनोरञ्जन, मोफसल, सक्रिय फोटो पत्रकार, स्वतन्त्र फोटो पत्रकार, आर्थिक र अनलाइन विद्या रहेका छन् ।
कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका सचिव एवम् अवार्ड छनोट समितिका संयोजक प्रदीपराज वन्तले फोटो पत्रकारको कामप्रति हौसला बढाउनका लागि समूहले दुई वर्षदेखि विभिन्न संघ संस्थासँग सहकार्य गरेर अवार्ड प्रदान गर्दै आएको बताउनुभयो ।
वैशाख १३ गते वितरण हुने अवार्डमा प्रत्येक विद्यामा उत्कृष्ट हुनेलाई रु २५ हजार नगद, ट्रफि र प्रमाणपत्र तथा सबै विद्याबाट सर्वोकृष्ट हुनेलाई रु ५० हजार नगद, ट्रफि र प्रमाणपत्र वितरण गरिने समूहका सदस्य राजेन्द्र चित्रकारले जानकारी दिनुभयो ।