२७ वर्षीया गुरुङको छतबाट खसेर मृत्यु

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ७, २०७५

दमक वैशाख,७ – घरको छतबाट खसेर झापा दमकमा २७ वर्षीया सुनलामा गुरुङको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका–२ गोलाटार घर भई हाल दमक नगरपालिका– ७ मा डेरा गरी बस्ने २७ वर्षीया सुनमाला तामाङ ( गुरुङ ) रहेको छ ।

श्रीमान् कुमार गुरुङसँगै दुई तले छतमाथि सुतेकी कमला राति उठेर तल झर्न खोज्दा माथिबाट खस्नुभएको थियो । घरको छतबाट खसेर गम्भीर घाइते हुनुभएकी कमलाको उपचारका क्रममा आज बिहान दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको हो ।

घटनाबारे प्रहरी अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो ।