वडा अध्यक्षद्वारा छोरालाई सामुदायिक सकुलमा भर्ना

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ७, २०७५

भक्तपुर वैशाख,७ । अहिले देशमा भर्ना अभियान चलिरहेको छ । विद्यालय बाहिर रहेका बालबालीका लाई भर्नाका लागी अभिभावक देखि प्रधानमन्त्रीसम्म सक्रिए भएको छ ।

अरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुहोस् भन्दै हिँड्ने जनप्रतिनिधिले आफ्नो सन्तान चाहिँ संस्थागतमा पढाउनु सोभनिय नहुने सापकोटाले बताए ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडानम्बर ७ का वडा अध्यक्ष रविन्द्र सापकोटाले पनि अभियानलाई सफल बनाउन आफ्नो छोरालाई निजी विद्यालयबाट निकालेर सामुदायिक विद्यालयमा भर्ना गरेका छन् ।

उनले अघिल्लो बर्ष निजी विद्यालयमा भर्ना गरेका छोरा स्वर्णीम सापकोटालाई यसवर्ष सोही वडामा रहेको भैरवी आधारभुत विद्यालयमा एल केजी भर्ना गरिदिएका हुन् ।

जसमा निजी विद्यायलसँग प्रतिस्पर्धा गर्दै विद्यार्थीसंख्या बढाउने र बालबालिकालाई गुणस्तरीय शिक्षा दिने उद्देश्य राखिएको छ ।

यसैवीच वडामा रहेका आम सर्वसारण र अभिभावकहरुको चाहाना अनुसार उक्त विद्यालयको पुनःसंरचना गरिएको हो ।