बुटवल वैशाख, ७ । रुपदेही प्रहरीका अनुसार मनोज पुनको डायरीमा ४०० उद्योगीको नाम भेटिएको छ ।
युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारी र बसन्त पौडेल (बलुं) को हत्या पुन समूहले नै गरेको थियो । केही समयअघि प्रहरी इन्काउन्टरमा पुन पनि मारिएका छन् ।
ज्ञवालीले भने, ‘पैसा उठाएकाहरुको नाम मनोजको डायरीमा भेटिएको छैन ।’
मनोजको समूहले उठाएको रकममध्ये धेरै जोगेन्द्रले लिएको अनुमान छ । जोगेन्द्र भारतीय नागरिक हुन् तर, उनले नेपालको पनि नागरिकता बनाएको पाइएको प्रहरीले जनाएको छ ।
‘हिजोको दिनसम्म कुनै उद्योगीले मुख खोलेनन् । तर, अहिले ४०० जनाको नाम डायरीमा छ,’ एसपी श्यामलाल ज्ञवालीले भने, ‘पैसा उठाएकाहरुको नाम मनोजको डायरीमा भेटिएको छैन।’
पक्राउ परेका सबैको सम्पत्ति छानविन हुने रुपन्देहीका एसपी ज्ञवालीले बताएको छ ।
मनोजको समूहले उठाएको रकममध्ये धेरै जोगेन्द्रले लिएको अनुमान छ । जोगेन्द्र भारतीय नागरिक हुन् तर, उनले नेपालको पनि नागरिकता बनाएको पाइएको प्रहरीले बताए ।