धादिङ मक्षण खोला बैशाख ६ । काठमाडौंबाट काठमाडौबाट मुङ्लिन तर्फ जाँदै गरेको १२ चक्के ट्रकले मक्षण खाेला नजिकै ठक्कर दिदा एक युवतीको घटना स्थलमै मृत्यू भएको छ ।
बिहिबार साँझ करीब ८ बजे देविका भुजेल नामको यूवतिलाई ठक्कर दिएर उक्त ट्रक भागेकोले खोजिकार्य जारी रहेको प्रहरीले बताएको छ ।
उमेर २६ रहेको युवती धादिङ रातमाटे घर भएको नागरितामा उल्लेख छ ।
उनी ज्यालादारी काम गरेर घर फर्कदा बाटो काट्दै गरेको अवस्थामा ट्रकले ठक्कर् दिएको र ट्रक भने अहिले सम्म फरार रहेको प्रहरीलाई उदृढ गर्दै संवाददाता दिपक सापकोटाले बताए ।