पोखरा बैशाख ६ । धादिङ–पोखरा सम्पर्क मञ्चले प्रकाशित गरेको ०७५ सालको भित्ते पात्रो विमोचन गरिएको छ ।
पोखरामा आयोजित एक कार्यक्रमका बीच माओवादी केन्द्र निकट धादिङ–पोखरा जनसम्पर्क मञ्चले प्रकाशनमा ल्याएको क्यालेण्डर विमोचन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका नेता तथा प्रदेशसभा सदस्य दीपक कोइराला (रुपक) ले पात्रो विमोचन गर्दै धादिङ र पोखराबासी बीच बलियो भावनात्मक सम्बन्ध रहेको बताएका थिए ।
नेता कोइरालाले माओवादी पार्टीको प्रत्येक गतिविधिमा धादिङवासीले खेलेको भूमिका जति प्रशंसा गरे पनि कम हुने बताउँदै पोखरामा धादिङवासीले एक्लो महसूस गर्नु नपर्ने बताएका थिए । कार्यक्रममा शुभकामना दिँदै धादिङ पोखरा सम्पर्क समाजका अध्यक्ष युवराज खतिवडाले धादिङ र पोखरा बीचको अन्तर सम्बन्धमा सम्पर्क समाज रहेको बताएका थिए ।
मञ्चका अध्यक्ष रेशम सिंखडा (गोपाल) को अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न विभागहरु गठन गर्दै जिम्मेवारी समेत ठोस गरेको थियो । जसमा बुद्धिजीवी परिचालन कमिटी संयोजकमा कृष्णराम थपलिया, शिक्षा परिचालन कमिटी संयोजकमा रामकृष्ण दुवाडी, व्यावसायिक परिचालक कमिटी संयोजकमा युगमराज अगस्तीलाई चयन गरेको छ।
यस्तै मजदुर परिचालनमा लुमणि प्रसाद अगस्ती, पर्यटन परिचालनमा टीकाबहादुर लम्साल (दिनेश), यातायात व्यावसायी परिचालनमा रमेश कोइराला, यातायात मजदुर परिचालनमा हरि देवकोटा, निर्माण व्यावसायी परिचालनमा तेज बस्याल, निर्माण मजदुर परिचालनमा शिव बिसुन्के र सांस्कृतिक परिचालन कमिटीमा बलराम लम्साल संयोजक चयन गरेको छ ।