प्रथम महादेवबेसी राजमार्ग पर्यटन महोत्सव हुने

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख ६, २०७५

धादिङ थाक्रे बैशाख ६ । धादिङको थाक्रे गाउँपालिका स्थित महादेववेसीमा महादेवबेसी राजमार्ग पर्यटन महोत्सव हुने भएको छ ।

बैशाख १४ गते देखि २४ गते सम्म हुने उक्त महोत्सवको लागि स्टल बुकिङ खुल्ला भएको आयोजकले जनाएको छ ।

महोत्सवमा कृषि मेला, स्थानिय हस्तकला, विभिन्न जातजातिका झाँकी, थाक्रे र आसपासका नगर गाउँपालिकालाई चिनाउने औद्योगिक वस्तुहरुलाई प्रदर्शनीका आक्रर्षण हुने आयोजक संस्था उज्यालो भविश्य महिला समुहका सदस्य तारा थापाले धादिङपोष्टलाई बताउनु भयो ।

साँस्कृतिक कार्यक्रममका लागि राष्ट्रिय ख्याति प्राप्त कलाकारहरु प्रमोद खरेल, बद्री पंगेनी ,पशुपति शर्मा, शोभा त्रिपाठी, सुनिल गिरी,हेमन्त शर्मा, रामजी खाँड, प्रिती आले, सहिमा श्रेष्ठ, रमेशराज भट्टराइ, बविता वाँनियाँ (जेरी), ढाकाराम पौडेल, उत्सव शुब्बा लामा, रजनी लामा, यशोदा विडारी, दुर्गा विडारी, मनोज थापा, मुना लामा, सबिन लामाको साथमा हास्यकलाकारहरु चम्सुरी, दारी बा, बल्छी धु्रवे, राजु मास्टर, दिनेश काप्mले, माग्ने बुढा र धुर्मुस सुन्तली आउने पक्का पक्की भएको बताईएको छ ।

यस्तै रमाइलो मेला पिङ, झुला, बाल उद्यान , मौतका कुवा, सरकस आदि रहने समेत बताइएको छ ।
फोटो: सागर विडारी