याचौर,म्यादी, वैशाख,५ । रघुगंगा गाउँपालिका–१ बेगखोलामा निर्माण भएपछि तिन घटा लगाएर हिडने बाटो ३० मिनेटमा छोटिएको छ ।
झोलुङ्गे पुलको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल पनि बढ्न थालेको छ । भौगोलिक विकटताका कारण छिमेकी वडा भुरुङ तातोपानी र हिस्तानको विद्यालयमा पढ्न जानुपर्ने बादुक र तिप्ल्याङ गाउँका बालबालिकाको बाध्यतासमेत हटेको छ ।
बिद्यालयमा पढ्न जान आउन सहज भएको पुनले बताउनुभयो । विसं २०७३ भदौदेखि शुरु भएको पुल निर्माण कार्यले पूर्णता पाएपछि २०७५ वैशाखदेखि आवतजावतका लागि खुल्ला गरिएको छ ।
कूल ३६५.८ मिटर लामो यो झोलुङ्गे पुल सिङ्गल स्पान प्रविधिमा नेपालकै लामो भएको जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियर रविन महर्जनले बताए । पुलबाट अन्नपूर्ण र रघुगंगा गाउँपालिकाको बेग, हिस्तान, दोवा, भुरुङ तातोपानी, चिमखोला, दग्नाम, पिप्ले, भगवतीलगायत वडाका तीन हजार ५०० घरधुरी लाभान्वित भएका छन् । यो पुल १४८ मिटरभन्दा बढी अग्लो छ ।
बेनी–जोमसोम सडकखण्डअन्तर्गत बेगखोला र तिप्याङबाट यस झोलुङ्गे पुलसम्म पुग्नका लागि सडक सञ्जालसमेत विस्तार भइसकेकाले मुस्ताङ जाने पर्यटकलाई समेत आकर्षित गर्ने र पर्यटक आगमन बढेको वडाध्यक्ष बिलप्रसाद फगामीले बताए ।
जिल्ला समन्वय समितिअन्तर्गतको प्राविधिक कार्यालयले ठेक्कामार्फत रु दुई करोड ७९ लाख ९० हजारको लागतमा पुल निर्माण गरेको हो ।