हराएकी किशोरी आज बिहान खेतमा मृत अवस्थामा भेटिए

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख ४, २०७५

बुटवल वैशाख,४ — रुपन्देहीको ओमसतिया गाउँपालिका ६ नरेनापूरकी किशोरी हिजो राति करिब ९ बजे शौचालय जान भनेर घरबाहिर निस्केकी किशोरी हराएकी थिइन् ।

१४ वर्षे सरस्वती हरिजन घरबाट झण्डै एक किलोमिटर पर खेतमा मृत अवस्थामा भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बालिकाको हत्या के कारणले भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको बताए । किशोरीको मुख र खुट्टामा चोट लागेको छ । उनको गुप्तांगबाट समेत रगत निस्केको छ । स्थानीयले बलत्कार पछि उनको हत्या भएको दाबी गरेका छन् ।

घरपरिवारले घर वरिपरि खोजी गरेपनि प्रहरीलाई खबर गरेका थिएनन् । हराएकी किशोरीलाई आज बिहान साढे ८ बजेतिर खेतमा मृत अवस्थामा स्थानीयले देखेका थिए । अहिले भरखरै प्रहरी घटनास्थलमा पुगेको छ ।