बुटवल वैशाख,४। वुटवलको राजमार्ग चौरादेखि चिडिया खोलासम्मको सडक सुरु भएको ६ लेन सडक विस्तारको काम एक हप्ताका लागि रोकिएको छ ।
चौराहादेखि चिडियाखोलासम्म साढे तीन किलोमिटर क्षेत्रमा ३८४ घर सडक क्षेत्र मिचेर बनेका छन् । उक्त संरचना हटाउन आयोजनाले पटक पटक आग्रह गरे पनि सुनुवाइ भएन ।
बुटवलको राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको सडक क्षेत्र मिचेर बनेका घरहरु भत्काउने क्रममा स्थानीय राजनीतिक दल र उद्योगी व्यवसायीले अवरोध गरेपछि विस्तारको काम एक हप्तासम्मका लागि स्थगित गरिएको हो ।