प्रधानमन्त्री संसदका लागि नयाँ नियम

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख ४, २०७५

काठमाडौं वैशाख,४ – प्रतिनिधिसभामा प्रधानमन्त्रीले महिनाको दुई पटक सांसदहरुसँग प्रश्नोत्तर गर्ने व्यवस्था गरिएको छ ।

मन्त्रिपरिषदलाई र संसदलाई जनताप्रति उत्तरदायी बनाउन यो व्यवस्था गरिएको पनि सभापति पोखरेलले बताए । समितिमा फौजदारी अभियोगमा मुद्दा लागेका सांसदहरु स्वतः निलम्बन हुने व्यवस्था गर्ने विषयमा पनि छलफल भईरहेको छ । प्रतिनिधिसभा १० वटा समिति बनाउनुपर्ने प्रस्ताव गरिएको छ।

प्रधानमन्त्रीसँग सांसदहरुले सिधै प्रश्न गर्न पाउने नेपालमा पहिलोपटक व्यवस्था गर्न लागिएको हो । सरकारलाई संसदप्रति जवाफदेही बनाउन यो व्यवस्था गर्नु परेको पनि सभापति पोखरेलले स्पष्ट पारे । समितिले सांसदहरुले शुन्य र विशेष समयमा राखेको जिज्ञासाहरुको जवाफ सम्बन्धित मन्त्रीहरुले दिने बाध्यतात्मक व्यवस्था पनि गरेको छ ।