जुन होटलमा मृत्युको अनुभव गर्न पाइन्छ

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख ४, २०७५

यो होटलको नाम दी होलो होटल रहेको छ । यो होटलमा रात गुजार्नु भनेको वास्तवमै दुनियाँमा सबैभन्दा निडर बन्नु हो ।

किनकि त्यहाँ रात गुजार्दा मात्र थाहा हुन्छ, आखिर डर केलाई भनिन्छ । बिस्कुट कारखाना रहेको पूरानो भवनमा यो डरलाग्दो होटल तयार गरिएको छ ।

यो होटल एकजना सिरियल किलरको कथाबाट प्रभावित भएर बनाइएको होटल हो ।

त्यस होटेललाई १९ औँ सताब्दीको सुरुवाततिर मात्रै होटलको स्वरुप दिइएको थियो ।

उक्त होटलमा बास बस्ने जोकोहीले यस्तो डरको सामना गर्नुपर्दछ कि उसले सायद त्यस्तो त्रास जीवनमा पहिलोपटक अनुभूत गरेको हुनसक्छ । यो होटल यस्ता मानिसहरुका लागि बनाइएको हो, जसलाई डरको सामना गर्दा मज्जा आउँछ । त्यसैले त्यहाँ जानेहरु दह्रो मुटु भएको हुनैपर्दछ ।

त्यस सिरियल किलरले होटलमा गएर मानिसहरुको हत्या गर्दथ्यो । सन् १८९१ देखि १९४९ को बीचमा झण्डै २ सय जनाको हत्या होटलको कोठाभित्रै गरिएको थियो । सोही कारण त्यस समय मानिसहरु होटलमा बास बस्न पनि डराउन थालेका थिए ।

उक्त हत्याराको नाम एचएच होम्स हो । उसको कथावस्तुमा आधारित केही फिल्म पनि बनेका छन् ।

सोही अमेरिकी हत्याराको झल्को दिनेगरी बेलायतको लण्डनमा उक्त होटलको निर्माण गरिएको हो ।