धादिङमा करेन्ट लागेर १ जनाको मृत्यु

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख ४, २०७५

धादिङ वैशाख, ४ । धादिङमा आज विहान करेन्ट लागेर १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

जिल्लाको थाक्रे गाउँपालिका महादेवबेसीमा पानी तान्ने क्रममा करेन्ट लाग्दा स्थानीय टिकीमाया तामाङको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय खानीखोलाले दिएको जानकारी अनुसार, घाइतेमध्ये ३ को अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।