काठमाडौं वैशाख,४ । आज विहान पश्चिम रुकुमको चौरजहारी नगरपालिका ४ मेलैनाउलीमा मंगलबार जीप दुर्घटनामा मेयर सहित ६ जना घाईते भएको छ।
दुर्घटनामा चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मा लगायत ७ जना घाइते भएका छन् । वडा नं.३ का लोकेन्द्र परियार, वडा नं. २ की पार्वती न्यौपाने, वडा नं. ३ का तेजबहादुर बटाला र ५ का भरत भरत शर्माघाइते भएका छन् । अन्य दुई जनाको नाम खुलेको छैन् ।
घाइतेहरु खतरामुक्त रहेको अस्पतालले जनाएको छ । उनीहरुको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।
विद्यार्थीहरुलाई पोशाक वितरणका लागि चौरजहारी ५ मा रहेको विद्यालयतर्फ जाँदै गरेको नगरपालिकाको टोली दुर्घटनामा परेको हो ।