धादिङबेसी बैशाख २ । नीलकण्ठ नगरपालिकाले आफुले प्रदान गरेका सेवाप्रवाहलाई प्रविधिमैत्री भन्दै मोबाइल एप्स सार्वजनिक गरेको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा भएको एक कार्यक्रमका बीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले मोबाइल एप्स सार्वजनिक गरेका हुन् ।
मोबाइल एप्लिकेशन सार्वजनिक सँगै सबै वडाका जनताले नगरपालिकाले प्रदान गर्ने सेवा, नगरपालिकाबाट विनियोजित रकम र तर्जुमा गरिएका कार्यक्रमको कार्यान्वयन अवस्थालाई घरमा बसीबसी सजिलै बुझ्न सक्ने नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुङ्गानाले बताएका थिए ।
(पोष्ट गरिएको नक्सा एड्भान्स एकेडेमीको पर्खालमा कोरिएको नक्शा हो ।)