काठमाडौं बैशाख,२ । सरकारले सामूदाइक स्कुलाई जोड दिदै सरकारले शिक्षाबाट बन्चित एक जना बच्चाको अभिभावकत्व लिन आहृवान गरेको छ ।
विद्यालय बाहिर रहेका बालबालिकालाई लक्षित गरेर थालिएको विद्यार्थी भर्ना अभियान अन्तर्गत प्रधानमन्त्रीकै अगुवाईमा अभिभावकत्व सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुका ठिन्ले साँवु लामालाई विद्यालय भर्ना गरेका छन् ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आइतबार पत्रकार सम्मेलन गरी यो अभियानमा सहभागी हुन आहृवान गरेका छन् । अभिभावकत्व ग्रहण गर्नेले बच्चालाई न्यूनतम स्टेशनरी, पोसाक र दिवा खाजाको प्रबन्ध गरिदिनु पर्नेछ ।
पोखेरलका अनुसार एक जना बच्चाको अभिभावकत्व ग्रहण गर्न एक वर्षको करिब ६ हजार रुपैयाँ भए पुग्ने देखिन्छ । यद्यपि यो सामुदायिक स्कुलको अनुमानित खर्च मात्र हो ।
उनी ५ गते सिराहा जाने कार्यक्रम छ । मन्त्री, सांसददेखि सरकारी कर्मचारी कलकारले पनि विपन्न वर्गका बालबालिकाको अभिभावकत्व ग्रहण गर्दैछन् ।
सरकारको जोड समुदायिक स्कुलमा छ । तर, कसैले निजी स्कुलमा भर्ना गरेर अभिभावकत्व ग्रहण गर्छु भन्छ भने त्यसलाई पनि प्रोत्साहन गरिने पोखरेलले बताए ।
उनले भने, ‘अहिले अभिभावकत्व ग्रहण गर्नुस्, एक वर्षपछि सक्नु भएन भने सरकारले जिम्मा लिन्छ ।’