६ दिन देखि हराएको वृद्ध भेटिइन्

Avatar photo
Dhadingpost
बैशाख २, २०७५

बैशाख सिरहा,२ । सिरहाको विष्णुपुर गाउँपालिका १ गौरीपुरबाट गत मंगलबार बिहान घर नजिकैको खेतबाट बेपता भएका वृद्धलाई आइतबार बिहान प्रहरीले फेला पारेको छ ।

६ दिनदेखि हराएको ६५ वर्षीय लक्ष्मण पासवानलाई प्रहरीले सिरहा नगरपालिका, ठेम्हीमा भेटाएको हो।

पासवानका परिवारजनले दिएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए ।