वेल्जियममा फेस्टिभल तथा नेपाली नयां वर्ष मनाइयो

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २, २०७५

वेल्जियम बैशाख २ । वेल्जियममा रहेका नेपालीहरुले भव्य रुपमा नेपाली नयाँ वर्ष मनाएका छन ।

नेपाली दुतावासको संरक्षकत्व र एनआएएनए वेल्जियमको आयोजनामा ११ औं नेपाल फेस्टिभल तथा नेपाली नयां वर्ष २०७५ मनाईएको हो ।

नेपाल वेल्जियमवीच भातृत्वको विकास र नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यका साथ हरेक वर्ष फेस्टिभल तथा नेपाली नयां वर्ष आयोजना गरिँदै आएको ग़ैर आवासीय नेपाली संघ बेल्जियम अध्यक्ष लोक दाहालले धादिङपोष्टलाई बताए ।

यस वर्षको मेलामा पनि नेपाली सामान र नेपाली परिकारका स्टलहरु दिनभरी अत्यन्तै व्यस्त थिए । सैयौं नेपाली तथा वेल्जियन नागरिकहरु नेपाली खाना खान र सामान किन्न लामो लाइनमा उभिएका देखिन्थे ।

वेनेलक्सका लागि नेपाली राजदुत लोकवहादुृर थापाको प्रमुख आतिथ्य र एनआरएन वेल्जियमका केन्द्रिय अध्यक्ष लोक प्रसाद दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

अध्यक्ष लोक दाहालले वेल्जियम सरकार,संघसंस्था तथा सामाजिक व्यक्तिहरुले वेल्जियममा नेपालीहरुलाई स्थापित गर्न र नेपालमा पर्यटन प्रवर्धन तथा मानविय कार्यमा ठुलो सहयोग पुरयाएको प्रसंषा गरेका थिए ।

एनआरएनका केन्द्रिय उपाध्यक्ष द्धय कुल आचार्य र सपिला राजभन्डारी, केन्द्रिय सचिव जानकी गुरुङ्ग, यृुरोप संयोजक शिव कुमार वरुवालको उपस्थिती रहेको कार्यक्रममा माहासचिव आड माया लामाले स्वागत गरेका थिए ।

वेल्जियम स्थित सम्पुण नेपली संघ संस्थाहरु सह आयोजक रहेको उक्त कार्यक्रममा विविध मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।