हैरान को शीर्ष गीत सार्वजनिक

Avatar photo
Dhadingpost
शनिबार, बैशाख १, २०७५

धादिङ बैशाख १ । नयाँ वर्षको अवसर पारेर फिल्म ‘हैरान’को शीर्ष गीत सार्वजनिक भएको छ ।

सत्यराज आचार्यको शब्द तथा संगीत रहेको उक्त गीतमा सत्य-स्वरूप र सरगम आचार्यको स्वर रहेका छ ।

गिरिश खतिवडाको ‌र्‍याप, राजन इशानले एरेन्ज गरेका उक्त गीतको कोरियोग्राफी गम्भीर विष्टको रहेको छ ।

भिडियोमा सरोज खनाल, सत्यराज आचार्य, निर्मल शर्मा, गजित विष्ट, सागर लम्साल, निश्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मालगायतका कलाकार देखिएका छन् ।

कमेडी जनरामा निर्माण भएको फिल्मलाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका हुन् ।

गम्भीर विष्टको कथा तथा नृत्य निर्देशन रहेको यस चन्द्र पन्तको द्वन्द्व रहेको फिल्ममा नवराज उप्रेती र निरज कँडेलको छायांकन र प्रीतम पाण्डेको सम्पादन रहेको छ ।

भिडियो हेर्नोस्