बेल्जियम बैशाख १ । बेल्जियमको लुभेन शहरमा आज (१४ अप्रिल ) बाट ११ औं नेपाल महोत्सव सुरु हुन लागेको छ ।
नयाँ बर्षको दिनबाट सुरु हुन लागेको नेपाल महोत्सवमा नेपाली साँस्कृतिक प्रसार तथा पर्यटन प्रवद्र्धनको लक्ष्य राखिएको गैर आवासीय नेपाली संघ बेल्जिएमका अध्यक्ष लाकदाहालले धादिङपोष्टलाई बताए ।
नेपालका पर्यटकिय क्षेत्रहरु लक्षित वृत्त चित्र प्रस्तुत गरिने छ भने प्रोत्साहन स्वरुप २ जोडीलाई निशुल्क उडान टिकट, र केहि पर्यटकहरुलाई होटल वा खानाको निशुल्क कुपन चिठ्ठा प्रणाली मार्फत उपलब्ध गराइने जनाइएको छ । प्राप्त पछिल्लो जानकारी अनुसार त्यहाँ उपलब्ध दश प्रदर्शनी कक्षमध्ये आठ बुकिङ्ग भैसकेको र एकमा दूताबास, पर्यटन बोर्ड र एनआरएनएको कक्ष रहने छ ।
पर्यटन प्रबर्धनको लागि गरिएको सो महोत्सबमा लुभेन लगायत नगरपालिकाका उच्च पदस्थहरुको समेत उपस्थिति रहने जानकारी अध्यक्ष दाहालले दिएका छन् ।
एनआरएन बेल्जियमको मुख्य आयोजन तथा अन्य बेल्जिक र नेपाली सँघसँस्थाहरुको सहआयोजनमा स्थानीय ट्रेन स्टेशनको प्रांगणमा हुने सो कार्यक्रममा बेल्जियम स्थित नेपाली राजदूत, स्थानीय नगरपालिकाका पदाधिकारी, साँसद, एनआरएनका केन्द्रीय उपाध्यक्ष द्वय कुल आचार्य, सपिला राजभण्डारी, सचिव जानकी गुरुड, क्षेत्रीय सँयोजक उपसँयोजक एवँ स्थानीय गैससका प्रतिनिधिको पनि सहभागिता रहनेछ बताईएको छ ।
महोत्सवमा पर्यटन प्रोत्साहनका लागि चिठ्ठा प्रणालीबाट ४ जनाको लागि नेपाल जाने हवाई टिकट वितरण, नेपाली खाना, हस्तकला तथा साँस्कृतिक प्रदर्शनी पनि हुनेछ ।