धादिड नीलकण्ठ जरेबरका राघव रिजालको कार दुर्घटना परि मृत्यू

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र ३०, २०७४

धादिङ चैत्र ३० । अमेरिकाको वाशिङटन डि.सी. रहँदै आएका धादिङ नीलकण्ठ नगरपालिकाका २६ बर्षिय राघव रिजालको भर्जिनियामा कार दुर्घटना परि ज्यान गएको छ ।

नीलकण्ठ नगरपालिका जरेबरका दुर्गा रिजालका कान्छा सुपुत्र राघव पढाई सकेर व्यवसायमा संलग्न थिए उनको मंगलबार कार दुर्घटनामा निधन भएकोले हो ।

अमेरिकामा कार दुर्घटनामा मर्ने नेपाली घर धादिड जिल्ला नीलकण्ठ नगरपालिका जरेबरका हुन । मृतकका एक दाई आमा बुबा अमेरिकामा बस्दै आएका छन । प्रहरीले कानुनी प्रक्रिया पुरा गरिसकेपछि दाह सँस्कारका बारेमा निर्णय गरिने पारिबारिक श्रोतले बताएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डि।सी। मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनाल र महासचिब भुप नारायण घर्तिमगरले एक शोक बिज्ञप्ती प्रकाशित गर्दै राघबको दुर्घटनामा निधन भएको खबरले आफुहरु स्तब्ध भएको जनाएका छन् ।