नारायणगढ–मुग्लिन सडक एक दिनको लागी खुल्ने

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र ३०, २०७४

चितवन चैत्र, ३० । नारायणगढ–मुग्लिन सडक दिनमा ६ घण्टा बन्दगरेर काम गरीरहेको भोलि नयाँ वर्ष दिनै भर पुरै समय खुल्ने बताएको छ ।

‘अरु बेला बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म बन्द गरेर निर्माणको काम हुँदै आएको नारायणगढ मुग्लिन सडक नयाँ वर्षको दिन खुल्ला रहने भएको छ,’ प्रहरी निरीक्षक पन्तले भने।

आइतबारदेखि सो सडक पहिलेको जस्तै ६ घण्टा नै बन्द हुने छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार अहिलेसम्म निर्माणको ८८ प्रतिशत काम पुरा भएको छ । जेठको अन्तिमसम्म काम सक्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ ।