मोराङ चैत्र, ३० । ट्रयाक्टरको ठक्करबाट १७ वर्षीय एक युवकको मृत्यु भएको छ ।
ठक्कर दिने ट्रयाक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । को१२ प ४६५९ नंको मोटरसाइकललाई को १ त ९९१० नंको ट्रयाक्टरले बुधबार राति ठक्कर दिएको थियो ।
आज बिहान भएको दुर्घटनामा घाइते मोटरसाइकलका चालक मोरङ सुन्दरहरैचा नगरपालिका–१० बस्ने १६ वर्षीय पवन राई र पछाडि सवार २० वर्षीय संगीत राईको धरानमै उपचार भइरहेको छ ।
ट्रयाक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि सवार ताप्लेजुङ, मैवाखोला गाउँपालिका–६ बस्ने १७ वर्षीय मिसेत लिम्बूको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ ।