पोखरा चैत्र,३०। महेन्द्र पुलमा व्यवसाय गदै आएको गुरुङले पोखराको चरक मेमोरियल हस्पिटलमा तेस्रो तलाबाट हामफालेर आत्महत्याको प्रयास गरेका छन् ।
लमजुङ घर भई पोखरा–११, फूलबारी बस्दै आएको युवराज गुरुङले बिहीबार अपराह्न पौने ५ बजे आत्महत्याको असफल प्रयास गरेका हुन् ।
उपचारकै क्रममा श्रीमानले आत्महत्याको प्रयास गरेपछि श्रीमती बेहोस् भएको र आफन्तसमेत सम्पर्कमा नआउँदा अनुसन्धानमा कठिनाइ भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।
पहिले देखि नै डिप्रेशनको औषधि सेवन गदै आईरहेको कारणले औषधिको ओभर डोज खाएपछि उनलाई केही दिनअघि अस्पतालमा भर्ना गरिएको थियो ।
प्रहरीका अनुसार, अस्पतालको तेस्रो तला माथिबाट हामफालेका गुरुङको टाउकोमा गम्भीर चोट लागेको छ । चरक मेमोरियल हस्पिटलमा प्रारम्भिक उपचारपछि पोखराकै मनिपाल शिक्षण अस्पताल रिफर गरिएको गुरुङको अहिले उपचार भइरहेको जानकारी अस्पतालले दिएको छ ।