सर्वसाधारणको बचत जोखिममा

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र २९, २०७४

काठमाडौँ चैत्र, २९ — बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा लगानि कर्ता र पहुचवालाले यसरी ऋणको दुरपयोग गर्ने गरेको उदाहरण महालेखाको प्रतिवेदनमा छ  ।
ऋण प्रवाह भएर सर्वसाधारणको बचत जोखिममा पर्ने गरेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ ।

आर्थिक वर्ष०७३/७४ को लेखापरीक्षणमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको ऋण अन्यन्त्र प्रयोग भएकाले दुरुपयोग भएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको हो ।
बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएकोमध्ये साढे ५ करोड देखि साढे ६० करोड रुपैयाँसम्म ऋण प्रयोजन विपरीत गएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाको संस्थापक, सञ्चालक, प्रचलित कानुनबमोजिम वित्तीय स्वार्थ रहेको मानिने सेयरधनी, प्रमुख कार्यकारी अधिकृत, कर्मचारी, मेनेजिङ एजेन्ट वा सम्बद्ध व्यक्ति वा संस्था वा त्यस्तो व्यक्तिका परिवारका सदस्यले बैंक वा वित्तीय संस्थाबाट सुविधा लिई वा अन्य कुनै तरिकाले बैंक वा वित्तीय संस्थाको स्रोत र साधनको दुरुपयोग भएमा बैंकिङ कसुर ठहरिने कानुनी व्यवस्था छ ।

बैंक तथा वित्तीय संस्थाले तरलता लगानीयोग्य रकम अभाव भोग्दै आएका छन् । यसकारण कतिपय बैंक तथा वित्तीय संस्थाले ठूला र अनुत्पादक क्षेत्रमा नयाँ ऋण रोकेका छन् ।