काठमाडौं, चैत २८ । आज देखि जिल्ला स्तरका करिब दुई दर्जन सरकारी कार्यालयहरु आजबाट खारेज भएका छन् । खारेजीमा परेका कार्यालयहरुबाट हुँदै आएको काम अब स्थानीय तहमार्फत हुनेछ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रुद्रसिंह तामाङका अनुसार खारेजीमा परेका जिल्ला सरकारी कार्यालयहरुमा कृषि, डिभिजन सहकारी, खानेपानी, सिंचाइ, भूसंरक्षण, जनस्वास्थ्य, महिला विकास लगायत छन् ।
यसैगरी सेवाग्राहीको अत्यधिक चाप हुने मालपोत, नापी, भूमिसुधार कार्यालय पनि खारेज भएका छन् । जिल्ला समन्वय समिति (जिसस) प्रमुखको संयोजकत्वमा गठित समिति मार्फत हस्तान्तरण हुनेछ ।
जिल्ला शिक्षा कार्यालय भने आगामी असारसम्म कायमै रहने तामाङले जानाकारि दिएका थिए ।