नुवाकोट, चैत्र २५ । मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि ककनि गाउँपालीका — १ का बासिन्दाहरु सडकमा उत्रिय पछि जितपुर–ओखरपौवाको यातायात सञ्चालनमा अवरोध पुर्याएका छन् ।
महालक्ष्मी भन्ने स्थानमा स्थानीय ३० वर्षीय सीता बलामीलाई ठक्कर दिँदा घटनास्थलमा नै उनको मृत्यु भएको थियो । सोही घटनाको विरोधमा त्यस क्षेत्रका बासिन्दाले आज बिहानैदेखि प्रदर्शन गर्दै गाडी सञ्चालन बन्द गराएपछि फोहर बोकेर काठमाडौंबाट आएका गाडी जितपुरमा नै रोकिएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए । पीडितलाई क्षतिपूर्ति र दोषी चालकलाई कारबाहीको माग गर्दै गाडी सञ्चालन बन्द गराएपछि उपत्यकाको फोहर विसर्जन गरिँदै आएको ओखरपौवासम्म गाडी आउन बन्द भएको छ । गएराति बा ५ ख २५२३ नं को मिनीट्रकले ककनी गाउँपालिका–१ । सडक अवरुद्ध हुँदा फोहर बोकेका करीव १०० गाडी रोकिएका छन् ।
चालकले लापरबाहीरुपमा गाडी चलाएर दुर्घटना गराएको र त्यसलगत्तै फरार भएको भन्दै स्थानीयले उक्त मिनीट्रकमा तोडफोड गरी क्षति पुर्याइदिएका छन् ।महालक्ष्मी भन्ने स्थानमा स्थानीय ३० वर्षीया सीता बलामीलाई ठक्कर दिँदा घटनास्थलमा नै उनको मृत्यु भएको हो ।
शव परीक्षणका लागि आज बिहान शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।