सेर्तुङमा चट्ङले एक जनाको ज्यान गयो

Avatar photo
Dhadingpost
शनिबार, चैत्र २४, २०७४

धादिङ रुबीभ्याली चैत्र २४ । उत्तरी धादिङको रुवीभ्याली–३ सेर्तुङको घट्टटोलमा चट्याङ लागेर एक युवकको ज्यान गएको छ ।

घरमै काम गरिरहेका अन्दाजी ३५ वर्षीय सरोज तामाङको शनिबार बिहान ११ बजेतिर पानी परिरहेका बेला चट्याङ लागेर मृत्यु भएको हो ।

तामाङको घटनास्थलमै मृत्यु भएको र अन्य तीन घरमा जडान गरिएका सोलार सिष्टममा पूर्ण रुपमा क्षति पुगेको बताइएको छ ।

घटनापछि सेर्तुङ प्रहरी चौकीबाट गएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरि शव परिवारको जिम्मा लगाएको छ ।

घटनास्थल सदरमुकाम धादिङवेँशीबाट तीन दिनको पैदल दुरीमा पर्छ ।